back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन २३ शनिवार

114 

shares

पुष्पाञ्जलि, इलाम

अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ
वियोगीलाई खुसी दिलायौ स्वागत गरेँ

खडेरीमा तड्पिँदै थियोे बाँझो जिन्दगी
तिमी आयौ प्रेमले भिजायौ स्वागत गरेँ

हृदय यो भारी थियो नयन सोध्थे आत्तिँदै
कुसुम गाँसी सम्झना पठायौ स्वागत गरेँ

म तड्पिन्थेँ शोकले निराशाको बाढीमा
तिमीले प्रेमिल महल बनायौ स्वागत गरेँ

अपुग केही लाग्दथ्यो मलाई श्रृङ्गारमा
टिकीझैँ शिरमा तिमी सुहायौ स्वागत गरेँ

बहर : मुजारे महजूफ
अर्कान : मुफाईलुन् , फाइलुन् , मुफाईलुन् , फाइलुन्
वजन : १२२२ – २१२ / १२२२ – २१२
काफिया : आयौ
रदिफ : स्वागत गरेँ
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ साउन २३ शनिवार ०७:१५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...