लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान
साउन मास पवित्र बेला मानिन्छ यो खास
शिवको नाम मनले जप्दा फैलिन्छ प्रकाश
वर्षाका थोपा कृपालु लाग्छ सबैको मनमा
ध्यानमा गई आत्माको हुन्छ मधुर आभास
बेलको पात चढाई श्रद्धा प्रकट गरेर
शिवजी सम्झे जीवन बन्छ पवित्र विश्वास
प्रकृति पनि हरियो हुन्छ सृष्टिको सौन्दर्य
श्रावण मास ध्यानले धुन्छ सम्पूर्ण उदास
त्यागेर अहं प्रेमको बाटो बढाऊँ अगाडि
शिवको शरण परेर मिल्छ अनन्त उल्लास।
अक्षर सङ्ख्या : १६
शेष अनुप्रास : आस
अभ्यास : चारु साहित्य प्रतिष्ठान पाठशाला
वि.सं.२०८३ साउन २३ शनिवार ०७:१७ मा प्रकाशित






























