back
CTIZAN AD

कविता : लैलै बरी लैबरी

वि.सं.२०८३ साउन २३ शनिवार

69 

shares

हिरा भट्ट बदमास नम्बर दुई
जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी

“खत्रा ट्याटु बन्यो”भुँडीतिर भनी हेर्थ्यो ठिटीको ठिटो
बुच्चा छन् सुनसान कान बिचरा मुन्द्री लग्यो नाइटो
नाङ्गा अङ्गहरू घुमे फनफनी बैँसालु हावा भरी
आइन् तीज नयाँ बनी नगरमा लैलै बरी लैबरी
।१।

आँखा बस्छ सुनारका पसलमा खर्चेर ऊर्जा जति
जाऔँ घुम्न भनेर बैङ्कतिर छन् झन् लालपुर्जा कति
बाङ्गा वृक्ष बनावटी वनहरू बाङ्गी छ नाङ्गीचरी
आइन् तीज नयाँ बनी नगरमा लैलै बरी लैबरी
।२।

दिन्थ्यो मादल गीत दु:ख सुखका बज्थे बज्यैका दिन
आमाका दिनमा म बालक रहेँ खेल्थ्यो खुसीले पिङ
रङ्गी बोतलसाथ आधुनिक छिन् मायालु पत्नी-परी
आइन् तीज नयाँ बनी नगरमा लैलै बरी लैबरी
।३।

मानूँ रीति-परम्परा-विपिनका हाँगाबिँगा भाँच्दछन्
उफ्री पश्चिमका निशाचरहरू ॐगाउँमा नाच्दछन्
दिन्थेँ बुद्धि किनी कुनै पसल नै छैनन् खुलेका हरि
आइन् तीज नयाँ बनी नगरमा लैलै बरी लैबरी
।४।

संस्कारी शिरका दिदी र बहिनी छन् पूज्य ढोग्दैछु म
आमा डस्न तयार सर्प जति छन् ती सर्प टोक्दैछु म
सप्कोसाथ सरस्वती छमछमी नाचिन् मसीमा झरी
आइन् तीज नयाँ बनी नगरमा लैलै बरी लैबरी
।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ साउन २३ शनिवार ०७:०५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...