back
CTIZAN AD

कविता : मान्छे

वि.सं.२०८३ साउन २३ शनिवार

87 

shares

अलख निरञ्जन लोहार
टीकापुर, कैलाली हाल : भारत

जो जो छन् नित भाव तुच्छपनका,देखिन्छ छाडा गति,
व्यर्थै मानिस रूप जन्मिन गए,छन् जन्तुजस्तै मति,
बन्छौँ बाँदरझैँ भने जब यहाँ ,मान्छे कहाँ बन्छ र ?
बा आमा परिवार बिर्सिन गए,सत्कर्म के हुन्छ र ?१?

दर्जा उच्च लिई बने अगतिला , आत्मा भए श्वानको,
सानो चित्त गरेर जीवन कहाँ, बन्ला सधैं सानको ?
राम्रो ज्ञान लिएर निर्मल हुँदा , फल्छन् सदिच्छा गति,
राक्षसी सुत जन्मियो यदि भने,गर्छन् धराको क्षति ।२।

छन् दुर्भाव अनेक भित्र दिलका, राखौँ सफा सुग्घर,
कालो कल्मष फाल्न सक्छ जसले, होला खुबै सुन्दर,
थालौँ गर्न सुकर्म आज सबले,लुक्दै बसेका पनि,
सक्दैनौँ यदि थाम्न धर्म कहिल्यै,के काम हाम्रो जुनी ।३।

बाडौँ मानवता परार्थ हितमा, साँच्चै भलो सोच्नुछ,
गर्दै धारण शान्तिका नियतले, सत् भावना रोज्नुछ,
हो संस्कार ठुलो यहाँ भुवनमा, जानौँ सबै शुद्धता,
को पो सक्छ नकार्न लोक भरमा,सत्कर्मको मान्यता ।४।

मैलो फाल्न सके सबै हृदयका, होलान् यहाँ मानव,
अर्काको उपहासमात्र गरिँदा, बन्छन् अझै दानव,
सोच्नैपर्छ सदा भलो र कुभलो,सापेक्ष मान्छे हुन,
बुझ्दैनौ यदि मर्म भाव कहिल्यै, पर्ला सधैँ नै रुन ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ साउन २३ शनिवार ०७:०३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...