back
CTIZAN AD

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

वि.सं.२०८३ भदौ १३ शनिवार

12 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले नेपालमा आएको विनाशकारी फ्ल्यास बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जनाएको छ।

उद्धार तथा राहत अभियानको पछिल्लो अवस्था समीक्षा गर्न आईसीसी तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरूको बैठक बसेको थियो। बैठकमा एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष तथा पदाधिकारी, आईसीसी तथा एनसीसी प्रतिनिधि, सल्लाहकार, व्यक्तिगत दाता र सहयोगीहरूको सहभागिता थियो।

बैठकमा सहभागीहरूले बाढीबाट सिर्जित मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउने विषयमा छलफल गरेका थिए।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार विभिन्न देशका एनसीसी अध्यक्ष तथा क्षेत्रीय संयोजकहरूले आ–आफ्नो क्षेत्रबाट भइरहेको उद्धार, राहत, सहयोग संकलन तथा स्थानीय नेपाली समुदायसँगको समन्वयबारे जानकारी दिएका थिए।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हालसम्म संघका विभिन्न तहका पदाधिकारी, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा सहयोगीबाट ५ करोड ४८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए।

उनले सहयोगको प्रतिबद्धता जनाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारी, आईसीसी सदस्य, एनसीसी प्रतिनिधि, सल्लाहकार तथा विश्वभर रहेका गैरआवासीय नेपालीलाई अभियानमा सहभागी हुन आग्रह गरे।

अध्यक्ष शर्माका अनुसार हालसम्म केन्द्रीय समितिका करिब २० प्रतिशत सदस्यबाट मात्रै सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। उनले बाँकी सदस्यलाई पनि सहयोगका लागि प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।

सम्बन्धित एनसीसीहरूलाई आफ्ना साधारण सदस्य, नेपाली डायस्पोरा, स्थानीय नेपाली संघसंस्था तथा समुदायसँग प्रभावकारी समन्वय गरी राहत अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन पनि आग्रह गरिएको छ।

सहयोगको अभिलेख पारदर्शी बनाइने

बैठकले सहयोगसम्बन्धी तथ्यांकलाई व्यवस्थित, पारदर्शी र नियमित रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ। आईसीसीले सहयोगकर्ताको नाम, प्रतिबद्ध वा प्राप्त रकम, मिति, देश तथा स्थान, सम्बन्धित एनसीसी, व्यक्तिगत वा संस्थागत सहयोगलगायत विवरणको अभिलेख राख्ने भएको छ।

साथै, कुनै एनसीसी वा व्यक्तिगत दाताले सहयोगको प्रतिबद्धता जनाएपछि आईसीसीको तर्फबाट तत्काल धन्यवाद तथा प्रशंसासहितको आधिकारिक पत्र उपलब्ध गराउने निर्णय भएको छ। प्रतिबद्ध रकम तोकिएको समयभित्र जम्मा गराउन सम्बन्धित एनसीसी तथा दातासँग नियमित समन्वय र फलोअप गर्ने पनि बैठकले निर्णय गरेको छ।

एनआरएनएले संकलित रकम लामो समयसम्म रोकिराख्नुको सट्टा सरकारसँग आवश्यक समन्वय गरी चरणबद्ध रूपमा समयमै हस्तान्तरण गर्ने निर्णय गरेको छ।

संकलित रकम उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा अन्य अत्यावश्यक मानवीय कार्यमा प्रयोग गर्ने उद्देश्य राखिएको छ।

हरेक २–३ दिनमा प्रगति विवरण सार्वजनिक गरिने

एनआरएनए आईसीसीले अबदेखि हरेक २–३ दिनमा अभियानको आधिकारिक प्रगति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।

नियमित अपडेटमा कुल प्रतिबद्ध रकम, प्राप्त रकम, एनसीसी तथा व्यक्तिगत दाताबाट प्राप्त सहयोग, सञ्चालन भइरहेका उद्धार तथा राहत गतिविधि, सरकारलाई हस्तान्तरण गरिएको रकम र आगामी योजना समेटिनेछ।

एनआरएनएले नियमित र पारदर्शी सूचना प्रवाहमार्फत अभियानप्रति जनविश्वास कायम गर्दै थप सहयोग जुटाउने लक्ष्य राखेको जनाएको छ।

बैठकले एकता, समन्वय, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राख्दै विश्वभर रहेका नेपाली डायस्पोरा, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा शुभेच्छुकको सामूहिक शक्ति परिचालन गर्ने निर्णय गरेको छ।

एनआरएनएले विपद्बाट प्रभावित नागरिकलाई अधिकतम सहयोग पुर्‍याउन विश्वभरका नेपाली समुदायबीच समन्वय गर्दै राहत अभियानलाई अझ सशक्त, पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ भदौ १३ शनिवार २१:५५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...