back
CTIZAN AD

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

वि.सं.२०८३ साउन ३ आइतवार

177 

shares

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् ।

धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका हुन् । फिनिसिङ लाइन पुग्नु तीन किलोमिटर पहिले स्वास्थ्य अचानक बिग्रिएपछि दौड पुरा गर्नतर्फमात्र केन्द्रित भएको निर्मलले बताए । वल्र्ड एथ्लेटिक्सको रोड रेस लेबल मान्यताप्राप्त म्याराथनमा दौड्ने अवसर पाउनु नै आफ्नालागि ठुलो उपलब्धि बताउँदै निर्मलले खुशी व्यक्त गरे ।

मलेसियाको राजधानी क्वालालम्पुरदेखि नजिकै पुत्रजयामा भएको स्कोर म्याराथनमा करिब ६० हजार जनाले भाग लिएको बताइएको छ । ४२.१९५ किलोमिटर र हाफ म्याराथन आइतवार आयोजना भयो भने शनिवार ५ किलोमिटर र १० किलोमिटरका इभेन्ट सन्चालन भएका थिए ।

कतिपय धावकले अघिल्लो दिनमा पाँच वा दश किलोमिटर दौडिएर भोलिपल्ट हाफ वा फुल म्याराथन दौडिएका थिए । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का बोर्ड अफ डाइरेक्टर एवं बाङ्सेन २१ का सिईओ रुटले अघिल्लो दिन दश किलोमिटर पुरा गरेर भोलिपल्ट आइतवार २१ किलोमिटर दुरी २ घण्टा २२ मिनेटमा पुरा गरेको आफ्नो सामाजिक सन्जालमा उल्लेख गरेका छन् । संसारभर दौडको आकर्षण अनपेक्षित बढ्दै गएको बताउँदै उनले दौड्न सुरु नगरेका हरेकलाई आजैदेखि दौड्न सुरु गर्न आग्रह पनि गरेका छन् ।

शनिवार भएको पाँच किलोमिटरमा नेपालगन्जका गगन थापा र सुरोज थापाले दौडिएर दुरी पुरा गर्दै अनुभव बटुलेका थिए । मलेसियाको स्कोर म्याराथन र नेपालको धारा नेपालगन्ज म्याराथनबीच भगिनी सम्बन्ध छ । धावक, स्वयंसेवक लगायतलाई अवसर र अनुभवका लागि धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया लगायतका अन्तर्राष्ट्रिय स्तरका म्याराथन आयोजकसँग भगिनी सम्बन्ध स्थापित गर्दै आएको छ । धारा नेपालगन्ज म्याराथन भर्खरै नर्वेको ट्रम्सोमा वल्र्ड रनिङको निकै सम्मानित एम्स सोसल अवार्डबाट पुरस्कृत भएको छ ।

वि.सं.२०८३ साउन ३ आइतवार १५:२३ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...