back
CTIZAN AD

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

वि.सं.२०८३ साउन २५ सोमवार

shares

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष १५ बुँदे सुझावपत्र पेस गरेका छन्।

साउन २५ गते पेस गरिएको सुझावपत्रमा लगानीकर्ताको हित संरक्षणसँगै बजारको कारोबार विस्तार, प्रविधिगत सुधार, शुल्क तथा कर पुनरावलोकन र नियामकीय संरचनालाई प्रभावकारी बनाउने विषय समेटिएका छन्।

रौनियारले पुँजीगत लाभकर घटाउनुपर्ने, सेयर कारोबारमा लाग्ने दोहोरो कमिसन हटाउनुपर्ने तथा बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा निर्वाध कारोबार गर्न दिनुपर्ने माग प्रमुख रूपमा अघि सारेका छन्।

नेपालको पुंजी बजार सुदृदिकरण र दिर्घायु सकारात्मक प्रभाव पार्न तत्कालै गर्नुपर्ने महत्वपुर्ण सुझावहरु :

१. बैंक तथा बित्तिय संस्थाहरुलाई दोस्रो बजारमा निर्वाद रुपमा शेयर खरीद/बिक्रि गर्ने व्यवस्था मिलाउनु पर्ने। अहिले बिध्यमान ६ महिने व्यवस्था तत्काल हटाउनु आवश्यक पर्ने।

२. सरकारले बजेट मार्फत बढाएको पुंजीगत लाभकार पुरानै अवस्थामा फर्काई अझ ५% लाई ४% र ७.५% लाई ६.५% गर्नु पर्ने। यसले दैनिक कारोबार बढ्न गइ १५-२० अर्बको दैनिक कारोबार र सरकारी राजस्व पनि बड्ने नै देखिन्छ ।

३. धितोपत्र बजारमा लाग्ने सबै प्रकारको शुल्क / (धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र ब्रोकर) समयानुकुल परिमार्जन गरि, शेयर खरीद वा बिक्री गर्दा लाग्ने दोहोरो कमिसन प्रणाली हटाएर एकतर्फी कमिसनको व्यवस्था गर्नुपर्ने।

४. कारोबार प्रणालीमा लगानीकर्ताहरुले राखेको (खरिद/बिक्रीको) आदेशलाई अनावस्यक खण्डिकरण गरि उच्चतम कमिसन तिर्नु पर्ने समस्या समाधान गर्दै, दिनभरी को जम्मा टोटल कारोबारलाई आधार मानी एकमुष्ट कमिसन तिर्ने व्यवस्था गर्नुपर्ने।

५. Future & Option Market, Intra-day, Short Sell, Equity Traded Fund etc. ल्याउँदा सानो तथा घरेलु/बचत लगानीकर्ता लाई सुरक्षित गर्ने आवस्यक नियमनकारी पूर्वाधारहरु प्रयोग गर्नु पर्ने अवस्य पर्दछ।

६. कुनै कम्पनीले पहिला नै विभिन्न करहरू तिरेर वितरण गरिने बोनस तथा नगद लाभांशमा थप ५% दोहोरो करको भार तत्काल खारिज गर्नु पर्ने।

७. कम्पनीहरुले आर्थिक बर्ष समाप्त भएको अधिकमा २ महिना भित्र बार्षिक साधारण सभा (AGM) गरि अर्को १ महिना भित्र बोनस / नगद लाभांश खातामा पठाउनु पर्ने ।

८. प्रत्येक बर्ष Demat Account नबिकरण गर्नु पर्ने झन्झट हटाई लगानीकर्ताहरुलाई राहत दिनुपर्ने ।

९. हाल बिध्यमान ७०% मार्जिनल लेन्डिंगको व्यवस्था अनुरुप कर्जा लिंदा नै प्रचुर मात्रामा धितोबन्धक दिई सकेको हुँदा बोनस तथा नगद लाभांस लाई फेरी Freeze गर्ने अनावस्यक झंझंतिलो प्रक्रिया बोर्डबाट नै हटाउनु पर्ने ।

१०. हालको TMS Online प्रणाली प्रति लगानीकर्ताहरुमा ब्यापक गुनासो र असन्तुष्ति रहेको हुनाले अन्तर्राष्ट्रिय स्तरको Tested, Trusted र cross border / payment gateway मान्यता प्राप्त NRN र FDIले सहजै देश विदेशबाट दैनिक कारोबार गर्न सक्ने प्रणालीको व्यवस्था गर्नुपर्ने।

११. नेप्सेलाई यथासिघ्र आधुनिकीकरण गरी (Public Company) बनाउनु पर्ने।

१२. IPOमा १० कित्ते नीतिलाई निरन्तरता गरिनु पर्ने ।

१३. गैर आवासीय नेपाली (NRN) ले लगानी र नाफा सहजै बाहिर लैजान नसक्ने कानुनी अड्चन हटाई, NRNको लागि आकर्षित गर्ने सहज र पारदर्शी व्यवस्था गरिनु पर्ने ।

१४. नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्ता, आवस्यक अधिकार प्रदान गरी सक्षम, पारदर्शी र आधुनिक अभिभावकीय नियामक संस्थाको रुपमा विकास गरिनु पर्ने ।

१५. धितोपत्र बजारमा अनावस्यक हल्ला फैलाउने, बजार प्रभावित गर्नेहरुले नियन्त्रण गर्ने, धितोपत्र बोर्ड र नेप्सेले ४ घण्टा प्रतक्ष्य-कारोबार हेर्ने गरि नै एउटा कक्ष बनाउने र cyber crime को कडा नियम पनि बनाउनु पर्ने ।

 

वि.सं.२०८३ साउन २५ सोमवार २०:१५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...