back
CTIZAN AD

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २५ सोमवार

84 

shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा ग्राहकलाई सहभागी गराउन ‘एम–स्मार्ट’ मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्न आग्रह गरेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीको प्रवद्र्धन र कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत योग्य कारोबार गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको पुरस्का जित्ने अवसर पाउने व्यवस्था गरिएको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकले बैंकको स्मार्ट मोबाइल बैंकिङ एपमार्फत  Bill Jitau (IRD) मेनुमा गई कार्यक्रमका लागि योग्य कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन ग्राहकले १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ वा Merchant QR डिजिटल भुक्तानी गर्नुपर्नेछ ।

यस्तो कारोबार आन्तरिक राजस्व विभागको प्रणालीमा समेत समावेश हुनुपर्ने बैंकले जनाएको छ । ग्राहकले डिजिटल भुक्तानी गर्दा PAN/VAT बिल अनिवार्य रूपमा लिन र सुरक्षित राख्न बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार ग्राहकले एम–स्मार्टको ‘Bill Jitau IRD’ मेनुमार्फत आफ्नो कारोबार कार्यक्रमका लागि योग्य भए/नभएको जानकारीसमेत हेर्न सक्नेछन् ।

बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै बिल लिने बानीको विकास र औपचारिक कारोबार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त  कार्यक्रमलाई ग्राहकसम्म पुर्‍याएको जनाएको छ ।

वि.सं.२०८३ साउन २५ सोमवार १४:५७ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...