back
CTIZAN AD

लुम्बिनी प्रदेशमा जनसांस्कृतिक महासङ्घको एकता सम्मेलन सम्पन्न, कविराज पौडेलको संयोजकत्वमा ३१ सदस्यीय प्रदेश समिति चयन

वि.सं.२०८३ साउन २५ सोमवार

72 

shares

दाङ । जनसांस्कृतिक महासङ्घ, नेपालको लुम्बिनी प्रदेशको एकता सम्मेलन तथा प्रथम सांस्कृतिक सहिद मस्तबहादुर विष्ट सम्मान कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी दाङको लमहीमा सम्पन्न भएको छ।

गत शनिबार सम्पन्न सम्मेलनले रुपन्देहीका कविराज पौडेलको संयोजकत्वमा ३१ सदस्यीय प्रदेश समिति चयन गरेको छ। कार्यक्रममा प्रथम सांस्कृतिक सहिद मस्तबहादुर विष्टकी जीवनसङ्गिनी कमरेड मञ्जु विष्टलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज कमरेड चिरन पुन रहेका थिए। कार्यक्रममा भीम कुमाखी, प्रकाश अधिकारी, प्रदेशसभा सदस्य सुरुल पुन, कार्यालय सदस्य प्रगति महरा तथा मोहित श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।

सहिदहरूप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। साथै, नव निर्वाचित प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय संयोजक भीम कुमाखीले शपथ ग्रहण गराएका थिए।

कार्यक्रमको अध्यक्षता जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कमरेड सुदिन चौधरीले गरेका थिए भने सञ्चालन नवनिर्वाचित प्रदेश संयोजक कविराज पौडेलले गरेका थिए।

सम्मेलनका क्रममा पुराना कलाकारहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुति, सम्मान तथा संगठनात्मक एकतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

वि.सं.२०८३ साउन २५ सोमवार १४:५२ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...