back
CTIZAN AD

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

वि.सं.२०८३ साउन २५ सोमवार

183 

shares

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको छ। आइतबार सम्पन्न अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

निवर्तमान सभापति सुधीर रानाको अध्यक्षता रहेको सो अधिवेशनको उद्घाटन संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी गरेका थिए । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थाका संस्थापक संरक्षक किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।

अधिवेशनबाट वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा विकास केसी र सुजन राज भट्ट, महामन्त्रीमा सुशिल भण्डारी, सहमहामन्त्रीमा विवेक धमला र कोषाध्यक्षमा दिपेन्द्र दाहाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा चयन भएका छन् ।

साे अवसरमा नेपाली जनसम्पर्क समिति पूर्वमहामन्त्री तथा एनआरएनए फ्रान्सका पूर्वमहासचिव कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, पत्रकार दीपक चालिसे, संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थापक सभापति निर्मल अर्याल र संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङले शुभकामना मन्तव्य दिएका थिए । निवर्तमान सभापति सुधीर रानाले आफ्नो दुई कार्यकालको अनुभव सुनाउँदै नवनिर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थालाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले फ्रान्समा रहेका नेपालीहरूको हितका लागि संस्थामार्फत निरन्तर र प्रभावकारी रूपमा काम गर्ने बताएका छन् ।

अधिवेशनले फ्रान्समा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै उनीहरूको सामाजिक, सांस्कृतिक तथा आर्थिक हित र विकासमा योगदान पुर्‍याउने कार्यदिशा अघि सारेको छ। नयाँ कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूको साझा हितका विषयमा काम गर्दै संस्थालाई थप सक्रिय, सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ साउन २५ सोमवार १५:३१ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...