back
CTIZAN AD

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

वि.सं.२०८३ साउन २५ सोमवार

75 

shares

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ मा विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधानबारे छलफल भएको छ ।

समितिको आजको बैठकमा सो विधेयकमाथिको दफाबार छलफलअन्तर्गत आज सांसदहरुबाट प्रयोगशालाको कार्यकारी निर्देशक नियुक्त गर्दा विधेयकमा प्रस्तावित शैक्षिक योग्यताका साथै जातीय विभेद तथा छुवाछुतको व्यवहार नगरेको व्यक्ति हुनुपर्ने व्यवस्था समेट्न प्रस्ताव भएको छ ।

त्यसैगरी प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनुपर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरुले आग्रह गरे । बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आगामी दिनमा जुनसुकै निकायमा पदाधिकारी नियुक्ति गर्दा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवा पुस्तालाई प्राथमिकता दिइने बताए ।

उनले अब बनाइने ऐन कानुनमा समेत नयाँ पुस्तालाई आकर्षित गर्दै अघिल्लो पुस्ताको अनुभव नयाँ पुस्तामा हस्तान्तरण कार्यक्रमसमेत ल्याइने जानकारी दिए । समितिको आगामी बैठकमा पनि उक्त विधेयममाथिको छलफल हुनेछ ।

वि.सं.२०८३ साउन २५ सोमवार १५:४६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...