back
CTIZAN AD

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

वि.सं.२०८३ साउन ६ बुधवार

198 

shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ आयोजना गर्ने घोषणा गरेको छ।

मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको अवार्ड समारोह भदौ १९ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ हलमा आयोजना हुने जनाएको हो । पल्सर स्पोर्ट्स अवार्डको २३ औँ संस्करणका लागि मुख्य प्रायोजक गोल्छा समूहसँगको सहकार्यलाई निरन्तरता दिइएको  बताएको छ । १९ वर्ष देखि लगातार मुख्य प्रायोजक बन्दै आएको गोल्छा समूहप्रति मञ्चले आभार समेत व्यक्त गरेको छ ।

कार्यक्रमलाई भव्य बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। अवार्डलाई सफल बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको महासचिव अञ्जन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विगत २३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रम नेपाली खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गर्ने सबैभन्दा प्रतिष्ठित अवार्डका रूपमा स्थापित भएको मञ्चले जनाएको छ।

यी विधामा प्रदान गरिनेछ अवार्ड

अवार्ड समारोहमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ।

मञ्चका अनुसार वर्ष खेलाडी (पुरुष, महिला, युवा), प्रशिक्षक र पिपुल्स च्वाइस विधाको मनोनयन केही दिनभित्र सार्वजनिक गरिनेछ। प्रत्येक विधामा ५–५ जनाको मनोनयन रहनेछ।

विजेताले मोटरसाइकल र नगद पुरस्कार पाउने छन् । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तित्वलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने मञ्चले जनाएको छ।

गतवर्ष पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ कराते खेलाडी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो तथा प्रशिक्षकतर्फ कबिराज नेगी उत्कृष्ट घोषित भएका थिए भने पिपुल्स च्वाइस अवार्ड हिमाल सुनारीले जितेका थिए।

वि.सं.२०८३ साउन ६ बुधवार १३:५६ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...