back
CTIZAN AD

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

वि.सं.२०८३ असार २९ सोमवार

1.7K 

shares

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा देउखुरी दाङमा पहिलोपटक नेपाल भारत चारु साहित्य / आठौँ वार्षिकोत्सब / २१३औँं भानु जयन्ती तथा पर्यटन महोत्सव ऐतिहासिकरुपमा भुषाल गेष्ट हाउस लमहीमा सम्पन्न भएको छ ।

उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीबाट समुद्घाटन भई कार्यक्रम सुचारु भएको थियो ।
चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता, भारत गोरखपुरका नन्दलाल त्रिपाठीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका सल्लाहकार डा. घनश्याम परिश्रमी, डा. देवी पन्थी विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा भारतबाट दिपक गोस्वामी, गोपाल ठहाका, अतुलप्रसाद शर्मा, पि. एस. यादव अजनवी र पंकज उपाध्यायको उपस्थिति रहेको थियो भने काठमाडौंबाट अनुराग अरुण, अरुण खड्का र पश्चिम कैलालीबाट आर्त अकुलीन, भवानी पोख्रेल, सोमनाथ लुइँटेल, चन्द्रावती अधिकारी, अर्घाखाँचीबाट बाबुराम पाण्डे, प्रकृति कुमारी शर्मा लगायत हरिप्रसाद पौडेल, स्वर्णशिखा वसन्त अनुभव, यज्ञलाल सुवेदी, एक नारायण चापागाईँ समेतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य प्रायोजक लमही नगरपालिका र अन्य सहयोगी संस्था र दाताहरुमा राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती फिड इन्डस्ट्रिज प्रा.लि, का म्यानेजर योगेन दाहाल जी. सागर पुस्तक पसलका सञ्चालक दिपक भुसाल, देउखुरी बहुमुखी क्याम्पस प्रमुख शिव ओली रहेका थिए ।

कार्यक्रमको दोस्रो दिन असार २७ गते अतिथिलााई देउखुरीमा रहेका महत्त्वपूर्ण पर्यटन तथा धार्मिक स्थल अवलोकन गराउन ज्ञानज्योति नमुना माध्यमिक विद्यालय लमही दाङले स्कुल बस उपलब्ध गराएको थियो । महोत्सबको मुख्य लक्ष्य साहित्य, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने रहेको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव नागेन्द्र प्रसाद यादवले गरेका थिए । संस्थाले देउखुरीमा रहेका पर्यटन तता सांस्कृतिक धरोहर बगार बाबा रिहार आश्रम, जखेरा ताल, भक्तिथापा पार्क, स्वर्गद्वारी आश्रम वनगाउँ लगायतका स्थलहरूमा पाहुनालाई अवलोकन भ्रमण समेत गराएको थियो।

वि.सं.२०८३ असार २९ सोमवार ०९:०० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...