back
CTIZAN AD

रहिनन् जसमति

वि.सं.२०८३ असार २४ बुधवार

2.9K 

shares

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि समय यता बिरामी भई उपचार प्रक्रियामा रहेकी गुुरुङको २०८३ असार २३ गते साँझ ग्राण्डी अस्पताल काठमाण्डौमा निधन भएको हो ।

साविकको होश्रांगङ्दी गाबिसमा जन्मेर गण्डकी प्रदेश पर्वत जिल्लाको पैयँु गाउँपालिका वडा नं. २ त्रिबेणीमा बसोबास गर्दै आएकी जसमति पैयँु गाउँपालिकाको संस्थापक उपाध्यक्ष भएर काम गरेकी थिइन् । लगभग १५ बर्ष अमेरीकामा रहँदा पनि कांग्रेसको सम्पर्कमा काम गरेकी उनी २०७४ को स्थानीय निर्वाचनको केहि समय अगाडी आएर पनि उपाध्यक्षमा चुनाव जितेकी थिइन् ।

उनको निधन पछि पैयुँ गाउँपालिका अध्यक्ष राज मल्ल ठकुरी लगायत विभिन्न तहबाट निर्वाचित जनप्रतिनिधिहरु, पर्वत नेपाली कांग्रेसका अधिकांश कार्यकर्ता, एमाले, नेकपा, रास्वपा, राप्रपा र अन्य दल तथा नागरिक समाज, शिक्षक, बुद्धिजीवी, कर्मचारी, ब्यबशायीले स्वदेश तथा बिदेशबाट भावपूर्ण श्रद्धान्जली ब्यक्त गरेका छन् ।

पंचायतकालमा कांग्रेसको झण्डा उठाएकी र राजनीतिमा महिला सहभागीताको नमुना बनेकी उनी नेपाली कांग्रेसमा महासमिति सदस्य तथा महिला संघको केन्द्रीय सदस्य भएर जिम्मेवारी निर्वाह गरेकी थिईन । उनको निधन पछि सत्य र निष्ठाकी प्रतिमूर्ति, लोकतान्त्रिक बिचारप्रति अटल विश्वास र चट्टानी अडान भएकी, निडर, अध्ययनशील, स्पष्ट निर्णय क्षमता र कार्यान्वयनमा अडिग शाहसी महिला नेतृ लगायत धेरै शब्दावलीमा उनीप्रति श्रद्धा ब्यक्त गरिएको छ ।

विधिको शासन, संस्थागत उत्तरदायित्व, जिम्मेवारी, पारदर्शिता र जवाफदेहिता जस्ता विषयमा उनको स्पष्टता स्मरण भईरहने भन्दै निर्भिकता, निडरता, सत्य र न्यायको बाटोले जसमति संझाईरहने धारणा सार्वजनिक भएका छन् ।

वि.सं.२०८३ असार २४ बुधवार ११:४३ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...