back
CTIZAN AD

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

वि.सं.२०८३ असार २४ बुधवार

384 

shares

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटन साह रहेका छन् ।

मंगलबार राति करिब ८ बजे जग्गाको स्वामित्वको विषयलाई लिएर विवादपछि कुटपिट हुँदा रामेश्वर साहले बुटनमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट उनको ढाडमा गम्भीर चोट लागेको थियो ।

उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह तथा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८३ असार २४ बुधवार ११:४५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...