back
CTIZAN AD

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

वि.सं.२०८३ असार २४ बुधवार

369 

shares

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । शृंखला जुलाइ १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ ।
खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनिता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगिता तामाङ र पुष्पा चौधरी रहेका छन् ।

टोली असार ३० गतेसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका प्रस्थान गर्ने छ । प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेश दत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताउदै आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष÷महिला दुवै टोली सहभागी हुने बताए ।
अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको बताउदै सहयोगका लागि धन्यवाद दिइन् । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरु खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।

उसु सान्डा प्रो च्याम्पियनसिप सम्पन्न

कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट र १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट साण्डा फाइट सम्पन्न भएका थिए ।

प्रतियोगिताका प्रमुख नतिजाहरू

मेन इभेन्ट (महिला ५२ केजी)
रेस्मा बोलनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन् ।
मेन इभेन्ट (पुरुष ५२ केजी)
सुशान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्ड जित्दै उपाधि जिते।

अन्य साण्डा प्रो इभेन्टहरू

पुरुष ४८ केजीः ओमप्रकाश कोहोली विरुद्ध बिबेक बिके बिचको खेलमा बिबेकलाई नकआउट गर्दै कोहोलीले जित निकाले
महिला ४८ केजीः सोनी तामाङ विरुद्ध सृजना बिसीले जित निकालिन् ।
पुरुष ४५ केजीः मिरक लिम्बु विरुद्ध सम्राट थापा बिच कडा प्रतिस्पार्दा बिच सम्राटले मिरकलाई हराए ।
पुरुष ४२ केजीः उत्सव पुरी विरुद्ध विशाल रानालाई हराए ।

एनभीएलको टिकेटिङ पार्टनरमा आईएमइ खल्ती

आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरका रुपमा आईएमइ खल्ती लिमिटेडलाई अनुबन्ध गरेको छ ।
नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा एनभीएलका सीओओ विकास खेतान तथा खल्तीका सीओओ पुष्पराज न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

एनभीएलका खेल हेर्न खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने छ । प्रतियोगिता आयोजना स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलको प्रवेशद्धारमा राखिने काउन्टरबाट पनि टिकट खरिद गर्न सकिने छ । टिकट दर चाँडै सार्वजनिक गर्ने सीओओ खेतानले जनाएका छन् ।
नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ टोली, टिम मालिक, टिम लोगो र नारा आयोजकले सार्वजनिक गरिसकेको छ ।
नेपाल भलिबल संघको सहयोगमा हुने एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सहभागी हुने छन् ।

 

वि.सं.२०८३ असार २४ बुधवार ११:५८ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...