back
CTIZAN AD

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

वि.सं.२०८३ साउन १७ आइतवार

117 

shares

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ।

संघका अनुसार सेमिनारमा देशभरका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य गोर्खा खुकुरी मार्सल आर्ट्सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ महिनामा हुने राष्ट्रिय च्याम्पियनसिपको प्रभावकारी तयारी गर्नु रहेको थियो।

सेमिनारमा प्रमुख प्रशिक्षक मास्टर बोगटीले खेलका नियम, प्रविधि, प्रशिक्षण विधि तथा खेलाडीले पालना गर्नुपर्ने अनुशासनबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा संघका चिफ कोच शंकर, विभिन्न शाखाका प्रशिक्षक तथा संघका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

आयोजकका अनुसार सेमिनारले सहभागी खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि आवश्यक सीप, आत्मविश्वास र अनुशासन विकास गर्न प्रेरित गरेको छ।

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघले भविष्यमा पनि यस्ता प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै सक्षम, अनुशासित र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ साउन १७ आइतवार ११:१७ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...