back
CTIZAN AD

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

वि.सं.२०८३ साउन २२ शुक्रवार

shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप मजबुत बनाउने क्रममा पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर धनञ्जय लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको छ।

लक्षणले एनपीएल सिजन–२ मा समेत पोखरा एभेन्जर्सबाट खेलेका थिए। प्रतियोगिताको छोटो अवधिमै उनले प्रभावशाली अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण योगदान दिएका थिए।

बायाँहाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट समेत अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। २७ वर्षीय उनले श्रीलंकाका लागि ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलेका छन्। त्यस्तै, टी–२० क्रिकेटमा ७० खेल खेल्दै ४८ विकेट लिएका छन्।

घरेलु तथा विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा निरन्तर प्रदर्शन गर्दै आएका लक्षणले एनपीएल सिजन–२ मा ब्याट र बल दुवैतर्फबाट प्रभाव पार्दै पोखरा एभेन्जर्सका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको पुनरागमनले सिजन–३ मा टोलीको सन्तुलन थप बलियो हुने पोखरा एभेन्जर्सको विश्वास छ।

पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले धनञ्जय लक्षणलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा उत्साहित रहेको बताए। उनका अनुसार सिजन–२ मा लक्षणले अनुभव, समर्पण र उत्कृष्ट अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई ठूलो योगदान दिएका थिए। सिजन–३ मा पनि उनको उपस्थितिले टोलीलाई अझ सन्तुलित र प्रतिस्पर्धी बनाउने विश्वास लोहनीले व्यक्त गरे।

एनपीएल सिजन–३ का लागि पोखरा एभेन्जर्सले नेपाली खेलाडीमध्ये कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ।

त्यस्तै, विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरिसकेको छ।

विदेशी खेलाडीतर्फ पोखराले यसअघि नै बंगलादेशी अलराउन्डर जाकिर अल हसनलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा भने श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी अजन्ता मेन्डिस नियुक्त भइसकेका छन्।

धनञ्जय लक्षणको पुनरागमनले टोलीको अनुभव, सन्तुलन र प्रवतस्पधासत्मक क्षमतामा थप मजबुती आउनेविश्वास गरिएको छ । धनञ्जय लक्षणको पुनरागमनसँगै पोखरा एभेन्जर्सले एनपीएल सिजन–३ का लागि अनुभव, अलराउन्ड क्षमता र टोलीको सन्तुलनलाई प्राथमिकता दिँदै प्रतिस्पर्धी टोली निर्माण गरिरहेको देखिएको छ।

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:०८ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...