back
CTIZAN AD

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

वि.सं.२०८३ साउन २२ शुक्रवार

63 

shares

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र बंगलादेशबीचको बढ्दो साझेदारीमा मत्स्य तथा जलकृषि क्षेत्रलाई महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने बताएका छन्।

चितवनमा आज आयोजित नेपाल फिसरीज डेभलपमेन्ट एसोसिएसनको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले यस्तो बताएका हुन्।

कृषि, वन तथा वातावरणमन्त्री गीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी सो कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रहमानले बंगलादेशले समन्वित नीति, वैज्ञानिक अनुसन्धान, निजी क्षेत्रको सहकार्य तथा लाखौँ माछापालक किसान र माछा मार्ने समुदायको योगदानबाट विश्वकै अग्रणी मत्स्य उत्पादक मुलुकमध्ये एक बन्न सफल भएको बताए। आधुनिक ह्याचरी विकास, जलकृषिको विस्तार, खुला जलक्षेत्रमा समुदायमा आधारित मत्स्य व्यवस्थापन, संरक्षणका कार्यक्रम, सुधारिएको दाना तथा रोग व्यवस्थापन र प्रविधिको प्रयोगले बंगलादेशको मत्स्य क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राजदूत रहमानले हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमार्फत दुवै देश साझा पारिस्थितिक सम्बन्धमा जोडिएको बताए। उनले नेपालका सिमसार तथा जलाशयमा बंगलादेशको सफल खुला जलक्षेत्र मत्स्य विकास मोडल अपनाउने, माछा प्रशोधन तथा मूल्य अभिवृद्धि, प्राविधिक सहयोग, ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान, तालिम, अनुसन्धानकर्ता तथा वैज्ञानिकको आदान–प्रदान, निजी क्षेत्रको साझेदारी तथा लगानी र विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य विस्तार गर्न सकिने बताए।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीप्रति सचेत हुनुपर्नेमा जोड दिँदै राजदूत रहमानले जलचर पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनका लागि जलवायु–मैत्री तथा दिगो जलकृषिलाई प्राथमिकता दिनुपर्ने बताए।

मन्त्री चौधरीले प्रस्तावित सहकार्यका क्षेत्रहरूको प्रशंसा गर्दै बंगलादेशसँग मत्स्य क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको बताइन्। कार्यक्रममा राजदूत रहमानले नेपाल फिसरीज डेभलपमेन्ट एसोसिएसनको पहिलो ऐतिहासिक अधिवेशनका लागि शुभकामना दिँदै संस्थाको आगामी कार्यकाल सफल हुने विश्वास व्यक्त गरे।

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१४ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...