back
CTIZAN AD

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

वि.सं.२०८३ साउन २२ शुक्रवार

81 

shares

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।

अविरल वर्षासँगै पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।

घटना बिहीबार राति करिब ८ः३० बजे भएको हो। मोटरसाइकलसहित खोलाले बगाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले खोलाले बगाउँदै लगेका थारुलाई घटनास्थलबाट करिब १५० मिटर तल भिरालो खोलाबाट तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका थारुको ढाड र दाहिने कुहिनामा सामान्य चोटपटक लागेको छ। उनको समग्र स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

उद्धारपछि थारुलाई आवश्यक अवस्थाबारे बुझेर आफन्तको जिम्मा लगाइएको छ। बाढीका कारण बगाइएको मोटरसाइकलको अवस्थाबारे भने प्रहरीले आवश्यक खोजी तथा व्यवस्थापन गरिरहेको जनाएको छ।

 

वि.सं.२०८३ साउन २२ शुक्रवार १६:०० मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...