back
CTIZAN AD

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

वि.सं.२०८३ साउन २२ शुक्रवार

12 

shares

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ।

गुण्डागर्दी तथा अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको आरोपमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलेको थियो। सर्वोच्च अदालतले उक्त मुद्दामा विशेष अदालतले करिब आठ वर्षअघि गरेको फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिएको हो।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतको फैसला सदर गरेको हो ।
विशेष अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्चमा सुनुवाइ भएको थियो। सर्वोच्चको पछिल्लो फैसलासँगै उनीहरूमाथि लगाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा कानुनी रूपमा सफाइ भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोग पुष्टि हुने आधार पर्याप्त नभएको निष्कर्षका आधारमा विशेष अदालतको फैसला नै कायम भएको हो।

वि.सं.२०८३ साउन २२ शुक्रवार १५:१९ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...