back
CTIZAN AD

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

वि.सं.२०८३ साउन २२ शुक्रवार

12 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र समाभुखको ध्यानाकर्षण गराएका छन् ।

बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्दै उनीहरुले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

बैठकमा समय लिएर नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा पछिल्ला दिनमा विभिन्न टीकाटिप्पणी भइरहेकाले स्पष्ट गर्न सरकारसँग अनुरोध गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई व्यवस्थित, मर्यादित र नियमावलीबमोजिम सञ्चालन गर्ने सभामुखको इच्छाप्रति सम्मान गर्दै प्रधानमन्त्रीबाट यसअघि संसद्मा जमिन मिचेको सन्दर्भमा व्यक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।

श्रम संस्कृति पार्टीका धु्रवराज राईले आफूहरुले उठाएका सवालमा सरकारले जवाफ नदिएको र सभामुखले पनि समाधानको विन्दु नखोजेको भनी आपत्ति व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सुनसरी र सिरहामा हालै भएको घटनामा मृतक र घाइते परिवारसँग भएका सहमतिको कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

वि.सं.२०८३ साउन २२ शुक्रवार १४:३४ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...