back
CTIZAN AD

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

वि.सं.२०८३ साउन २२ शुक्रवार

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ ।

बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

बैठकको आरम्भमा विपक्षी दलका सदस्यहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाइ समय दिए ।

सांसद यादवले ढल्केवर मधेस प्रदेशको धेरै मानिस बस्ने जिल्लाको केन्द्रमा रहने र राजमार्गको बीचमा रहेकाले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने सरकारको योजनाबाट सरकार पछि हटेको भन्दै विरोध गरे । उनले विगतका सरकारले ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजनालाई हेरफेर गर्न नहुने बताए । उनले सरकारबाट जवाफ नआएसम्म आफू मौन खडा रहने बताए ।

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलका सांसदहरूले आफ्ना आसनबाट उठेर राष्ट्रिय महत्वका विषयमा ध्यानाकर्षण गरेपछि सत्ता पक्षका सांसदले नियमापत्ति गरे ।

सांसद यादव बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जुन विषय र समयमा बोल्न खोजिएको हो, त्यही समयमा बोल्न आग्रह गर्दै बैठक सुरु हुनेवित्तकै जुनसुकै विषयमा बोल्ने विपक्षीहरूको शैलीको विरोध गरे ।

सो पार्टीका मनिष खनालले सधैँ एउटै शैलीमा सुरुमै उठेर विरोध गर्ने र समय दिइरहने प्रवृत्ति अन्त्य गर्न सभामुखसँग आग्रह गरे । तत्पश्चात पनि सांसद यादव नबोली उभिइहेपछि सभामुख अर्यालले आफ्नो आसनमा बसेर सभाको मर्यादा कायम गर्न उनलाई आग्रह गरे । सांसद यादव उभिइरहेपछि सभामुख अर्यालले यादवलाई पुनः बोल्न समय दिए ।

सांसद यादवले मधेस प्रदेशको केन्द्र जस्तो भएकाले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने वा नगर्ने भन्नेबारेमा सरकरले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

वि.सं.२०८३ साउन २२ शुक्रवार १४:२१ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...