back
CTIZAN AD

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार

15 

shares

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल फिनटेक एक्स्पो २०२६ (दोस्रो संस्करण) आयोजना गर्ने भएको छ ।

फिनटेक एलायन्स नेपालले आज प्रेस भेटघाट कार्यक्रममार्फत उक्त जानकारी गराएको हो । एलायन्सद्वारा जारी विज्ञप्तिमा नेपाल फिनटेक एक्स्पो २०२६ (दोस्रो संस्करण)  आगामी असोज २३, २४ र २५, गते हेरिटेज गार्डेन, ललितपुरमा आयोजना गरिने उल्लेख छ ।

पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पो अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय सहभागितायुक्त हुने अपेक्षा आयाेजक संस्थाले गरेकाे छ। पहिलो संस्करण दुई दिन सञ्चालन गरिएकोमा यस वर्ष एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ, जसले सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक छलफल, Networking तथा ज्ञान आदान-प्रदानका लागि थप अवसर प्रदान गर्ने विश्वास कम्पनीले गरेकाे छ।

यस वर्षको एक्स्पोमा ६५ भन्दा बढी Exhibitor Booth, दुई वटा Experience Zone, स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता, Artificial Intlleigence (lA), Digital Banking, Digital Payment, Embedded Finance, Lending Technology लगायतका अत्याधुनिक Fintech समाधान तथा प्रविधिहरू प्रदर्शन गरिनेछन्। साथै विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाको Official Product Launch तथा Product Reveal समेत गर्ने कार्यक्रम रहेको जनाइएको छ।

एक्स्पोको उद्घाटन समारोह पहिलो दिन Classic Venue, Heritage Garden परिसरमा आयोजना गरिनेछ। सहभागी तथा विशिष्ट अतिथिहरूको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा तथा ठूलो संख्यामा उपस्थित हुने अतिथिहरूलाई ध्यानमा राखी उद्घाटन समारोहका लागि उक्त स्थान चयन गरिएको साे अवसरमा बताइयाे ।

एक्स्पोको पहिलो दिन साँझ  सम्पूण Sponsor, Exhibitor, Partner, नियामक निकाय, बैंक, फिनटेक कम्पनी तथा अन्य Stakeholder बीच आपसी सम्बन्ध विस्तार र व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विशेष Networking Dinner आयोजना गरिने कार्यक्रम  छ ।

एक्स्पोमा ६,००० भन्दा बढी Visitor Footflla  हुने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, Payment Service Provider, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, Development Partner, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएको छ।

हाल फिनटेक एलायन्स नेपालमा ५३ वटा Corporate Member आबद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा Fintech Friday र Fintech Social जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यस्तै, CTO Retreat लगायतका विशेष कार्यक्रममार्फत उद्योगका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान–प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको आयोजकले जनाएको छ।

यस वर्षको एक्स्पोमा विभिन्न Sponsorship अवसरहरू उपलब्ध छन्। इच्छुक संस्थाले  Title Sponsor, Powered By Partner, Gold Sponsor, Silver Sponsor तथा Networking Sponsor का रूपमा सहकार्य गर्न सक्नेछन्।

यस संस्करणमा पहिलो पटक Premium Lounge Service को व्यवस्था गरिएको छ, जहाँ Premium Pass वाहक, विशिष्ट अतिथि तथा आमन्त्रित प्रतिनिधिहरूका लागि विशेष Hospitality तथा Business Networking सुविधा उपलब्ध हुनेछ।

प्रवेश शुल्क कसलाइ  कति ?

Exhibitor का लागि प्रति Booth शुल्क रु. ७५,००० निर्धारण गरिएको छ भने फिनटेकका Corporate Member हरूलाई ५० प्रतिशत विशेष छुट प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय Exhibitor का लागि प्रति Booth शुल्क USD 750 निर्धारण गरिएको छ।

सर्वसाधारणका लागि प्रवेश शुल्क रु. २०० तथा विद्यार्थीका लागि रु. ५० निर्धारण गरिएको छ। साथै नेपालको फिनटेक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई Complimentary Pass समेत उपलब्ध गराइनेछ।

यस वर्ष Khalti लाई एक्स्पोको Official Ticketing Partner नियुक्त गरिएको छ। एक्स्पोका प्रवेश टिकट Khalti Platform मार्फत सहज रूपमा खरिद गर्न सकिनेछ।

फिनटेक एलायन्स नेपालले सम्पूर्ण बैंक तथा वित्तीय संस्था,फिनटेक कम्पनी, प्रविधि प्रदायक, Qmartup, लगानीकर्ता, नीति निर्माता, नियामक निकाय, विद्यार्थी, सञ्चारमाध्यम तथा प्रविधिप्रेमी सर्वसाधारणलाई नेपाल फिनटेक एक्स्पो २०२६ मा सहभागी भई नेपालको डिजिटल वित्तीय भविष्य निर्माणको यात्रामा सहयात्री बन्न सबैमा हार्दिक आमन्त्रण गरेकाे छ।

नेपाल फिनटेक एक्स्पो २०२६ केवल एक प्रदर्शनी मात्र नभई नेपालमा वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य तथा डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने साझा मञ्चका रूपमा स्थापित हुने विश्वास कम्पनीले गरेकाे छ।

वि.सं.२०८३ साउन २२ शुक्रवार १७:५९ मा प्रकाशित

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,  भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...