back
CTIZAN AD

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

वि.सं.२०८३ साउन २४ आइतवार

60 

shares

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा सवारी साधन (हायस, टिफर, ट्याक्सी र स्कुटर) एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिफरबीच ठक्कर भएपछि सोही दिशातर्फ गइरहेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी र बा.प्र.०२–०१८ प १८५९ नम्बरको स्कुटर टिफरको पछाडि ठोक्किएका हुन्।

दुर्घटनामा हायसमा सवार तीन जना घाइते भएका छन्, जसमा तनहुँ आबुखैरहनी गाउँपालिका–१ का ४७ वर्षीय शिव थापा, धादिङ गजुरी गाउँपालिका–८ का ६५ वर्षीय कुलप्रसाद ढुङ्गाना र गोरखा नगरपालिका–१३ की ३६ वर्षीया सरस्वती श्रेष्ठ रहेका छन्।

उनीहरूको साइबाबा सामुदायिक अस्पताल धार्केमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ। दुर्घटनाबारे थप विवरण तथा घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

वि.सं.२०८३ साउन २४ आइतवार २१:३१ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...