back
CTIZAN AD

कविता : के कामको शासन

वि.सं.२०८३ साउन ३० शनिवार

shares

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं

लाखौं छन् घरभित्र झुन्ड नरका खान्छन् बसी यो धरा,
गर्छन् मोल विकासको पहुँचमा चम्चाहरू छन् बरा,
आफ्नै खेत बगान हुन्छ जसरी बेच्दै गए देश यो,
यस्तै देश दलालको पथ बनी बेहाल कस्तो भयो ।१।

राम्रो काम सफा सुशासन गरी बस्नेहरू छन् कता,
मेरो देश हिमाल उच्च कहिने भाकाहरू छन् कता,
खोक्रा भाषण मात्र छाट्न सकिने के कामको शासन,
आफ्ना मित्र जहान पाल्न सजिलो व्यैर्थै भयो आसन ।२।

गाह्रो भो घरबाट निस्किन यहाँ छोरीहरू हो किन,
आफ्नै आँगन छैन बस्न भरको जाने कहाँ हो भन,
सुन्दैनौ घर गोठका सुदुरका चेलीहरूका कथा,
बन्छन् भाइ दलाल आज कसरी आफ्नै बने आपदा ।३।

खाने गाँस कपास छैन हरमा के पाउने ओखती,
गर्ने जाँगर छैन काम जसको होला कहाँ उन्नति,
लाखौका घर छैन पाल भरमा खान्छन् कहाँ के गरी,
यत्नै गर्न यहाँ बडो कठिन हो खाडी गयो आखिरी ।४।

खान्छन् देश बजेटको भर परी गर्छन् ठुला चाकरी,
राख्छन् जागिर आसपास मनका चम्चाहरू मन्परी,
जाग्नेछन् जनचेतना समयमै चल्दैन यस्तै गरी,
डण्डा पर्छ अवश्य जान अब लौ रून्छौ होला धर्धरी ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ साउन ३० शनिवार ०७:०२ मा प्रकाशित

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...