back
CTIZAN AD

मुक्तक

वि.सं.२०८३ जेठ ३० शनिवार

420 

shares

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

१,
पटक पटक धोका दिन्छ पापी अधरले पनि।
गन्तव्य सम्म पुर्याउदैन किन हो सफरले पनि।
मानिस त मानिस भईगयो सदाको धोकेवाज
कै’ले काहीँ बाटो बदल्छ पानीलाई बगरले पनि।

२,
जति दौडिनु छ दौड पुग्ने त अन्तिममा माथी नै हो।
चन्द्रमा कै’ले दिनमा उदाउदैन देखिने त राती नै हो।
मागेर सपार या कलकारखाना खोलेर सजाउ देश
मागेको बर्दीले सुहाएन प्रहरीलाई राम्रो बर्दी खाकी नै हो।

३,
जसले आफ्नो सोंँच्दैन भने के हक जमाउनु।
जो दु:ख सम्झदैन उसलाई के चोट देखाउनु।
चारदिन रङ्गमञ्चमा खेल्न आएको मान्छले
आआफ्नो दु:ख आफैसँग छ किन सुनाउनु।

४.
तिमीले जे जति कमायौ त्यो अर्कोले खाने छ।
खालि हात आएको हो र खालि हात नै जाने छ।
धेरै लालच न गर प्रिय मित्र जे छ त्यसैमा रमाउ
मरे पछि निधारमा टिलो राखी बुर्की छर्दै लाने छ।

५.
हजारौँ साल पुरानो यो तपोभुमीको देशमा।
हिमाल, पहाड अनि तराई फाँट मधेशमा।
ए नेपाल आमा फेरि एउटा बुद्ध जन्माई देऊ
अशान्तै अशान्त भएको यो परिवेशमा।

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:४३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...