मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
१,
पटक पटक धोका दिन्छ पापी अधरले पनि।
गन्तव्य सम्म पुर्याउदैन किन हो सफरले पनि।
मानिस त मानिस भईगयो सदाको धोकेवाज
कै’ले काहीँ बाटो बदल्छ पानीलाई बगरले पनि।
२,
जति दौडिनु छ दौड पुग्ने त अन्तिममा माथी नै हो।
चन्द्रमा कै’ले दिनमा उदाउदैन देखिने त राती नै हो।
मागेर सपार या कलकारखाना खोलेर सजाउ देश
मागेको बर्दीले सुहाएन प्रहरीलाई राम्रो बर्दी खाकी नै हो।
३,
जसले आफ्नो सोंँच्दैन भने के हक जमाउनु।
जो दु:ख सम्झदैन उसलाई के चोट देखाउनु।
चारदिन रङ्गमञ्चमा खेल्न आएको मान्छले
आआफ्नो दु:ख आफैसँग छ किन सुनाउनु।
४.
तिमीले जे जति कमायौ त्यो अर्कोले खाने छ।
खालि हात आएको हो र खालि हात नै जाने छ।
धेरै लालच न गर प्रिय मित्र जे छ त्यसैमा रमाउ
मरे पछि निधारमा टिलो राखी बुर्की छर्दै लाने छ।
५.
हजारौँ साल पुरानो यो तपोभुमीको देशमा।
हिमाल, पहाड अनि तराई फाँट मधेशमा।
ए नेपाल आमा फेरि एउटा बुद्ध जन्माई देऊ
अशान्तै अशान्त भएको यो परिवेशमा।
वि.सं.२०८३ जेठ ३० शनिवार ०७:४३ मा प्रकाशित






























