back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ ३० शनिवार

630 

shares

डा. देवी पन्थी, विराटनगर

रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने छन् कुनै
मूर्ख मान्छे चर्ममा लोभिन्छ भन्ने छन् कुनै

जो छ सोझो गाउँघरमा काल उसकै आउँछ
वृक्ष सोझो जुन छ त्यो काटिन्छ भन्ने छन् कुनै

कामपर्दा तर्किने मान्छे कसैको होइन
मूढलाई काममा जोतिन्छ भन्ने छन् कुनै

बुद्धिमानीका कुरा बेग्लै हुनाले खासमा
भोकमा ऊ के गरी जोगिन्छ भन्ने छन् कुनै

जो इमानी बन्छ आफैं दैनिकीको काममा
काम राम्रोसँग हुँदा मच्चिन्छ भन्ने छन् कुनै

बहर : रमल मुसम्मन महजुफ
अर्कान : फाइलातुन् , फाइलातुन् , फाइलातुन् , फाइलुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२
काफिया बन्धन : इन्छ
रदिफ : भन्ने छन् कुनै
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:३९ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...