back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ ३० शनिवार

546 

shares

किशोर कोइराला,इनरुवा , सुनसरी

बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा
दुःखको पर्वत नढाल्ने बुर्कुसीको के भरोसा

वृद्ध छन् घरमा,सुसारे छैन सिङ्गो घर छ रित्तै
जन्मघर,वात्सल्य भुल्ने बैगुनीको के भरोसा

चन्द्रको ज्योत्स्ना नियाल्दै छटपटीमा रात काटी
घामको तृष्णा पगाल्ने हुटहुटीको के भरोसा

देवताको मूर्तिमा खुद कोपिला चुँड्दै चढाई
हर खुसीमा बालिएको आरतीको के भरोसा

देख्छ जसले कालको मुखमा सबैको जिन्दगानी
भन्छ ऊ,हैकम गरी बाँच्ने खुसीको के भरोसा

बहर : रमल मुसम्मन सालिम
अर्कान : फाइलातुन् , फाइलातुन् , फाइलातुन् , फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२२
काफिया : ई
तहलिली रदिफ : को
रदिफ : के भरोसा
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:३६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...