back
CTIZAN AD

कविता : परमेश्वर हुन् बाबु र आमा

वि.सं.२०८३ जेठ ३० शनिवार

339 

shares

कविराज घिमिरे
चाँगुनारायण , भक्तपुर

तोय पिलाए ज्ञान दिलाए
शैक्षिक यात्रा पूर्ण गराए
लक्ष्य पुऱ्याए सुन्दरतामा
परमेश्वर हुन् बाबु र आमा ।। १

भोक बुझेका शोक बुझेका
शीत तापको भेद बुझेका
पृथ्वी ढाक्ने बाग पुराना
परमेश्वर हुन् बाबु र आमा ।। २

शत्रु चिनाए मित्र पढाए
जीवन हाम्रो निम्ति चढाए
मृत्यु जितेका दिव्य सुहाना
परमेश्वर हुन् बाबु र आमा ।।

डाँडा, पाखा, मध्य, कुनामा
वरिपरि छन् यी, यो दुनियाँमा
जीवनपाला पोख्त कलामा
परमेश्वर हुन् बाबु र आमा ।। ४

क्षमाशील यी सौम्य विवेकी
बस्छन् आफू बाधा छेकी
कर्म अलौकिक छन् शुभनामा
परमेश्वर हुन् बाबु र आमा ।। ५

शान्त मनोहर जीवनदाता
धन्य पिता यी धन्य सुमाता
पुज्न सकौँ नित पुण्य धरामा
परमेश्वर हुन् बाबु र आमा ।। ६

छन्द : पादाकुलक
मात्रा : १६

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...