back
CTIZAN AD

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

वि.सं.२०८३ असार ७ आइतवार

1.8K 

shares

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ स्थापना दिवस, चौँथो वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक महाधिवेशन सुरु भइरहेका बेला पार्टीका संस्थापक डा. मुकुल ढकालले भावुक सन्देश सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा डा. ढकालले चार वर्षअघि पार्टी स्थापना गर्दा भोग्नुपरेका संघर्षका दिनहरू स्मरण गर्दै पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकताको प्रतिलिपि संकलन गर्नसमेत कठिनाइ भएको उल्लेख गरेका छन्। उनले छोटो समयमै पार्टी सरकारमा पुग्नु आफैँमा एउटा महत्वपूर्ण राजनीतिक यात्रा भएको बताएका छन्।

यद्यपि, पार्टीको प्रथम महाधिवेशनमा आफू निम्तो सूचीमा समेत नपरेको भन्दै उनले यसलाई राजनीतिक जीवनको एउटा विडम्बनापूर्ण अवस्थाका रूपमा चित्रण गरेका छन्।

“पार्टीलाई ‘Fuc*’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ,” उनले लेखेका छन्।

डा. ढकालले महाधिवेशनमा आफ्नो भौतिक उपस्थिति नभए पनि विचार, मूल्य र सिद्धान्तको उपस्थिति नै राजनीतिमा सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्। महाधिवेशनमा सहभागी करिब चार हजार प्रतिनिधिमध्ये आफू एक जना प्रतिनिधि मात्र हुने उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिभन्दा पनि महाधिवेशनले लिने निर्णयहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन्।

उनले महाधिवेशनलाई पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रमभन्दा माथि उठेर पार्टीको विचार, सिद्धान्त र भावी कार्यदिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।

“पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, ‘राजव्यक्ति’ गर्नु हो। राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो,” उनको भनाइ छ।

साथै, उनले प्रतिनिधिहरूलाई व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई र पदभन्दा उद्देश्यलाई प्राथमिकतामा राखेर निर्णय गर्न आग्रह गरेका छन्।

“राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस्,” भन्दै उनले महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रतिनिधि तथा पार्टी पंक्तिलाई शुभकामना दिएका छन्।

वि.सं.२०८३ असार ७ आइतवार १६:०९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...