back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार १३ शनिवार

549 

shares

एलपी पराजुली, काठमाडौँ

मुस्कान तिम्रो गजब छ नानी
बन्दै दिवानी लुट्यौ जवानी

हेर्दै मलाई गर्‍यौ इसारा
सङ्केतले नै भएँ म पानी

सौगात पाए रुमाल तिम्रो
जीवनभरि बोकुँला निसानी

तिम्रो मुलायम पवित्र काया
कल्पेर साह्रो भयो सिरानी

खोज्दै म आएँ तिमी हरायौ
धोका दिने खुब रहेछ बानी ।

बहर : मुतकारिब मुसम्मन असलम महजुफ ।
अर्कान : मुस्तफाइलुन् फाइलुन् फऊलुन्
वजन : २२१२ २१२ १२२
काफिया : आनी
रदिफ : ०
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ असार १३ शनिवार ०७:५८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...