back
CTIZAN AD

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

वि.सं.२०८३ भदौ १५ सोमवार

18 

shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका परिवारलाई फेला परेका शव तथा शरीरका अंग वा भागको डीएनए परीक्षणमार्फत पहिचान गर्न नमुना उपलब्ध गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै भदौ १० गतेको भोटेकोसी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तलाई शव पहिचानका लागि सबैभन्दा नजिकको रक्तसम्बन्धी आफन्तको नमुना संकलन गराउन आग्रह गरेको हो।

प्रहरीका अनुसार हराइरहेका व्यक्तिको बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको नमुना संकलन गरिनेछ। नमुना दिन जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो साथमा लैजानुपर्नेछ।

नमुना संकलनका लागि नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

विदेशमा रहेका आफन्तसँग पनि अनुरोध

विदेशमा रहेका आफन्तको हकमा भने बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डीएनए प्रोफाइलिङ गराई त्यसको प्रतिलिपि नेपाल प्रहरीलाई पठाउन सक्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

प्रहरीले विदेशमा गराइएको डीएनए प्रोफाइलिङको प्रतिलिपि तुलना परीक्षण (Comparison)का लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउने व्यवस्था गर्न सम्बन्धित निकाय तथा परिवारलाई आग्रह गरेको छ।

भोटेकोसी बाढीपछि विभिन्न स्थानबाट फेला परेका शव तथा शरीरका अंगको पहिचानमा डीएनए परीक्षण महत्वपूर्ण हुने भएकाले हराइरहेका व्यक्तिका परिवारलाई यथाशीघ्र नमुना उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

यसबारे थप जानकारीका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भुबहादुर केसीको मोबाइल नम्बरमा ९८४१६१६०९५ फोन गर्न सकिन्छ ।

वि.सं.२०८३ भदौ १५ सोमवार १३:४३ मा प्रकाशित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...