back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार १३ शनिवार

483 

shares

बिमला चन्द सानू
बैतडी हाल : काठमाडौं

बद्लिन्छ रूप रेखा बद्लिन्छ हाल जस्तै
सोध्दैछ जिन्दगीले हरपल सवाल जस्तै

पालेर एक मीठो दिलमा कसैको आशा
पग्ली रहन्छ माया हरदम हिमाल जस्तै

आँखाले थाम्न खोज्छन् ताराहरूको मण्डल
छल्की रहन्छ जीवन सागरको छाल जस्तै

लेख्दैछ यो कलमले बारुद मसी भएर
जित्दैछ राज्यसत्ता निल्दैछ काल जस्तै

उड्दैछ बाफ बोकी हावा बडो मजाले
झर्दो रहेछ बर्षा आँखाको ताल जस्तै

के झुक्न सक्छ माया स्वार्थीहरूको विचमा
हाँस्यो गुलाफ सानू तोडेर जाल जस्तै

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलु फाइलातुन् मफ्ऊलु फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२

वि.सं.२०८३ असार १३ शनिवार ०७:५९ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...