back
CTIZAN AD

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार

225 

shares

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ ।

आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले जानकारीदिनु दिए । “मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतका कामहरु मात्र बाकीँ रहेका छन् ”,उनले भने, “यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ । ”

उनका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् ।

सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।

पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट–बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

वि.सं.२०८३ असार २० शनिवार ०६:४० मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...