back
CTIZAN AD

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

वि.सं.२०८३ असार १९ शुक्रवार

258 

shares

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।

समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ ।

समितिका सूचना अधिकृत मधु तिमल्सेनाले नदीमा पानीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सृजना हुनसक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिए ।

“निरन्तर वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दामाथि भ्रमाथाङ्गमा अत्यधिक मात्रामा रहेको गेग्रान तथा हेडवक्र्सभन्दा माथि रहेको पहिरोहरू जुनसुकै बेला बगेर सुरुङभित्र छिर्न सक्ने अवस्था भएको र नदीमा पानीको मात्रा बढ्नाले कर्मचारीहरूको आवतजावत गर्न असहज भएको छ”, उनले भने, “बाढीका कारण पानीमा भएको धमिलोपना पानी प्रशोधन केन्द्रको प्रशोधन क्षमताभन्दा बढी भई सुरूङ गेट खोल्ने र बन्द गर्नुपर्ने अवस्था सृजना हुँदा टनेलको संरचनामा असर पुग्ने भएकाले र सुरङभित्र जमेको लेदो समयसमयमा सफा गरी सुरूङ ‘इन्सपेक्सन’ समेत गर्नुपर्नेलगायत कारणले आयोजना आजदेखि बन्द भएको हो ।”

तिमल्सेनाका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरूङको सफाइ, मर्मत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरूङ बन्द गर्नुपरेको छ ।

“मनसुन समाप्त भएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पथान्तरण गर्नेछौँ”, उनले भने, “मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी काठमाडौँ उपत्यकाका आमउपभोक्तालाई सुचारु रूपमा खानेपानी वितरण गर्ने सम्बन्धमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने छ ।”

विसं २०७८ असार १ गते र सोही वर्षको साउन १६ र १७ गते मेलम्ची नदीमा आएको आकस्मिक बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेर्डवक्स, सडक पहुँचलगायतका संरचना पूर्ण रूपमा क्षति भई मुख्य प्रणाली बन्द भएको छ । समितिले त्यसपछि हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरूमा आवश्यक सफाइ तथा मर्मतसम्भार गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ । यसैबमोजिम गत असोज २६ गतेदेखि हालसम्म निरन्तर रूपमा सुरूङबाट पानी पथान्तरण हुँदै आएको छ ।

 

वि.सं.२०८३ असार १९ शुक्रवार १९:०६ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...