back
CTIZAN AD

चारु

वि.सं.२०८३ जेठ ३० शनिवार

756 

shares

भवानी पोखरेल (बाबु बिराज)
बाणगंगा १, कपिलवस्तु

आउन पाएको छैन फेरि फर्किनलाई हतार किन?
तिमीलाई मात्र यस्तो हुन्छ बारम्बार किन ?

कहिलेकाहीँ राम्रा राम्रा कुरा सोंचे पनि हुन्थ्यो
खाली मनमा नकारात्मक सोँच विचार किन ?

सँगै खान बसेपछि बराबर भाग लाग्नुपर्ने
मेरो भागमा मात्र यति धेरै व्ययभार किन ?

लाग्छौ तिमी हेर्दाखेरि साह्रै सोझो मान्छे जस्तो
तर राम्रो छैन तिम्रो बानी व्यवहार किन ?

गल्ती गर्नुभन्दा पहिले धेरै कुरा सोंच्नुपर्थ्यो
गल्ती गरिसकेपछि गर्छौ जहिले पुकार किन?

शङ्का लाग्छ आजभोलि तिम्रो व्यवहारदेखि
नत्र साँझ परेपछि जानुपर्छ बजार किन?

अनुप्रास ; आर
शेष अनुप्रास : किन

वि.सं.२०८३ जेठ ३० शनिवार ०७:५४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...