back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ जेठ ३० शनिवार

570 

shares

राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क – ३ , खाेटाङ

१.
आँसु झारिन् पियारी
माइत जान नपाएर
बाेक्दै पिरकाे भारी ।

२.
बच्चामा खाएको लिटाे
ए मेरी आमा !
पठाइदेऊ न छिटो ।

३.
पकाउनू सुख्खा रोटी
स्वस्थ शरीर बनाउन
दिनमा खानू एकचाेटी ।

४.
मन दुख्यो फेरि
एकान्त ठाउँमा बसी
रुन्छु घुम्टो बेरी ।

५.
कमल फुल्छ पानीमा
भावना स्वच्छ बनिरहाेस्
हरेक सुन्दर बिहानीमा ।

६.
बनेन कानुन् राम्रो
सांसद बेवकुफ भई
डुबाए देश हाम्रो ।

७.
माननीय कति तगडा
संसद हलभित्र गर्छन
निहुँ खोज्दै झगडा ।

८.
दम्भकाे गफ गरेर
जनतालाई बेवकुफ नबनाऊ
झुटो समाचार छरेर ।

९.
खाेजौँ शान्तिकाे बाटो
इतिहास साँचि राखेर
बचाउँ देशको माटो ।

१०.
षड्यन्त्रको जाल बुन्छु
आखिरमा धाेका खाएपछि
मुख छाेपी रुन्छु ।

वि.सं.२०८३ जेठ ३० शनिवार ०८:०३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...