back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ १६ शनिवार

528 

shares

सुधिर थापा, कुपण्डोल, ललितपुर

खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै इसारामा
गुजार्‍याै जिन्दगानी नै मिली मेरै इसारामा

नयन तिम्रा थिए हेर्दै समय उस्तै चनाखो भै
तिमीलाई दिएको हो घडी मेरै इसारामा

गरी माया दियाै शीतल तिमीले नै मलाई झन्
घटेको हो तिमी मेरो दुरी मेरै इसारामा

बन्याै साथी तिमी राम्रो स्वयम् त्यस्तै भई राम्रो
भएका हाैँ खुसी हामी रही मेरै इसारामा

गरेँ विश्वास आफैँले तिमी हुँदा असल साथी
बितेको हो यहाँ हरदम जुनी मेरै इसारामा ।

बहर : हजज मुसम्मन सालिम ।
अर्कान : मुफाईलुन् मुफाईलुन मुफाईलुन् मुफाईलुन्
वजन : १२२२ १२२२ १२२२ १२२२
काफिया : ई
रदिफ : मेरै इसारामा
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ जेठ १६ शनिवार ०७:१३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...