back
CTIZAN AD

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

वि.सं.२०८३ जेठ २८ बिहीवार

2K 

shares

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा एक भव्य स्काउट दीक्षान्त समारोह सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा ४० जना स्काउट विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूले स्काउटका मूल्य, मान्यता, अनुशासन र सेवाभावप्रतिको प्रतिबद्धता व्यक्त गर्दै दीक्षा लिएका छन्। प्रमुख अतिथिले उनीहरूलाई स्काउटको औपचारिक दीक्षा प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवचुली नगरपालिका वडा नं. १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट प्रमुख अतिथि रहेका थिए। यस्तै वडा नं. १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती मगर, वडा नं. १३ का वडाध्यक्ष एकदेव पौडेल र नेपाल स्काउट नवलपुरका संयोजक जनार्दन पौडेल विशेष अतिथि थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेल, छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, स्काउट लिडर तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण जनज्योति स्काउट मास्टर श्यामलाल न्यौपानेले गरेका थिए।

नेपाल स्काउट बालबालिका तथा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुशासन, सेवा भावना तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने राष्ट्रिय संस्था हो। यसको स्थापना सन् १९५२ (वि.सं. २००९) मा भएको हो र यो विश्व स्काउट आन्दोलनसँग आबद्ध संस्था हो। स्काउटले अनुशासित, जिम्मेवार र असल नागरिक निर्माण गर्नुका साथै नेतृत्व क्षमता, आत्मविश्वास, समाजसेवा तथा राष्ट्रसेवाको भावना विकास गर्ने लक्ष्य राखेको छ। साथै प्रकृति संरक्षण, वातावरणीय सचेतना, सहकार्य, मित्रता तथा भाईचाराको भावना विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

स्काउटका प्रमुख गतिविधिहरूमा क्याम्पिङ, पदयात्रा, गाँठो बाँध्ने सीप, प्राथमिक उपचार, समाजसेवा, सरसफाइ अभियान, वृक्षारोपण तथा विपद् व्यवस्थापन र उद्धार कार्य समावेश छन्। स्काउटको आदर्श वाक्य “तयार होऊ (Be Prepared)”, रोभरको “सेवा (Service)” तथा कब/ब्राउनीको “सक्दो कोसिस गर” रहेको छ। स्काउट गतिविधिले विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मनिर्भरता तथा समाजप्रतिको सेवा भावना विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:४८ मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...