back
CTIZAN AD

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

वि.सं.२०८३ साउन ९ शनिवार

69 

shares

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्ने उद्देश्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निजी क्षेत्रसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग भएको छलफलमा विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धी विद्युत बजारको विकास, खुला पहुँच B2B (Business-to-Business), प्रसारण पूर्वाधारको प्रभावकारी उपयोग तथा क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनाबारे विस्तृत विचार(विमर्श गरिएको थियो।

छलफलका क्रममा मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गर्दै द्यद्दद्य ९द्यगकष्लभकक(तय(द्यगकष्लभकक० मोडलमार्फत निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न मन्त्रालय सकारात्मक रहेको बताए उनले राज्यको हित, नेपाल विद्युत प्राधिकरणको भूमिका तथा उपभोक्ताको अधिकार सुरक्षित हुने गरी विद्युत व्यापार विस्तार गरिने स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले ऊर्जा उत्पादनमा मात्र सीमित नभई व्यापार र बजार विस्तारतर्फ पनि नेपालले रणनीतिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्रको अनुभव र क्षमताको अधिकतम उपयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे ।

छलफलमा सहभागीहरूले नेपालमा उत्पादित स्वच्छ ऊर्जालाई क्षेत्रीय बजारमा निर्यात गर्न उपयुक्त नीति, पूर्वाधार र सहकार्यको वातावरण निर्माण आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, सार्वजनिक–निजी साझेदारीलाई थप प्रभावकारी बनाउँदै नेपाललाई दक्षिण एशियाको स्वच्छ ऊर्जा केन्द्रका रूपमा स्थापित गर्ने र ऊर्जा क्षेत्रमार्फत राष्ट्रिय आर्थिक समृद्धिमा योगदान पुर्‍याउने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

वि.सं.२०८३ साउन ९ शनिवार १६:१२ मा प्रकाशित

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...