back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ साउन ९ शनिवार

450 

shares

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)
कनकाई नगरपालिका ४ झापा

१.
सपना देख्नु राम्रो
पूरा गर्न नसक्दा
मन हुन्छ चाम्रो।

२.
कसैको सम्झना गर्नू
मेरो गल्ती भयो
उसलाई अङ्गालोमा भर्नू।

३.
सिमसिम झरी हेर
असार अन्तिम भयो
किसानलाई काम धेर।

४.
बेलामा पानी छैन
कसरी धान रोप्नु
किसानलाई सुख भैन।

५.
जीवन स्वस्थ बनाऔँ
योग ध्यान गरेर
रोगलाई टाढा भगाऔँ।

६.
हाँसेर जिन्दगी बाँचौँ
दुई दिनको चोला
एकार्कामा माया साँचौँ।

७.
चङ्गाजस्तो भो मन
तिम्रो कुराले मेरो
टाउको दुख्यो झन।

८.
कसको पालो आयो
भ्रष्टाचारी देश लुट्ने
मनमा ढ्याङ्ग्रो ठटायो।

९.
नयाँ पूराना दल
आउँछन् भोट माग्न
लिएर अघिपछि बल।

१०.
मिरमिरेमा भाले करायो
पूर्वबाट लाली छर्दै
धर्तीमा उज्यालो आयो।

वि.सं.२०८३ साउन ९ शनिवार ०८:०२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...