back
CTIZAN AD

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

वि.सं.२०८३ साउन १० आइतवार

57 

shares

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ । पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ । उसलाई अब त्यो अर्काको खेलौना खेल्नुपर्दैन । उसले धेरै शुभचिनतक कमाएको छ र उनीहरूको माया पाइरहेको छ ।

एक वर्षअघि आजकै दिन (जुलाई २५) मा जन्म पन्चलाई दिएपछि सम्भवतः थकानका कारण उसकी आमाले स्याहार नगरी छाडिदिएकी थिइन् । चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए र नयाँ जन्मेका ‘मकाक’ बाँदरहरू बाँच्नका लागि आवश्यक समात्ने क्षमता विकास गर्न त्यो खेलौना दिए ।

पन्च अब त्यो नरम खेलौना समात्ने मोटो बच्चा मात्र नभई ‘इचिकावा सिटी जुलोजिकल एण्ड बोटानिकल गार्डेन’को घेरामा अन्य बाँदरहरूसँग घुलमिल भएर खेल्दा उनीहरूबाट छुट्याउन गाह्रो छ । “ऊ अहिले पनि प्रशंसकको ठूलो भीडको ध्यानाकर्षण गरिरहेको छ। उसले जापानभित्र र बाहिरबाट करिब दुई हजार ५०० जन्मदिनको शुभकामना दिइएका कार्डहरू पाएको छ,” चिडियाखानाका प्रमुख ताकाशी यासुनागाले भने ।

धेरै कार्ड र अन्य सन्देशहरू ‘पन्च जन्मदिन प्रदर्शनी’ का भित्री भित्ताहरूमा टाँसिएका छन्, जहाँ आगन्तुकहरूले पन्चका सुरुका दिनदेखिका भिडियोहरू पनि हेर्न सक्छन् । “पन्चले हरेक दिन बाँच्नका लागि धेरै सङ्घर्ष गरिरहेको बेला उसका दुई हेरचाहकर्ताहरूले आमाको अभाव मेटाउन सकेसम्म सबै सुविधा उपलब्ध गराएका थिए र अन्य कर्मचारीहरूले निगरानी गरेका थिए,” यासुनागाले विगत एक वर्ष सम्झँदै भने ।

उनले भने, “पन्च जन्मिएको बेला अत्यन्तै गर्मी थियो । गर्मीको मौसम फर्किएसँगै त्यो सम्झना अझै ताजै छ ।” जनवरीको मध्यतिर, हेरचाहकर्ताहरूबाट छ महिना विशेष हेरचाह पाएपछि पन्चलाई चिडियाखानाको बाँदर घेरामा करिब ५० अन्य बाँदरहरूसँग राखियो । यो चुनौतीले उसलाई थप प्रसिद्ध बनायो ।

“फेब्रुअरीमा चिडियाखानाले सामाजिक सञ्जालमा पन्चको खेलौनासहितका तस्बिरहरू राखेपछि तुरुन्तै सनसनी बन्यो र चिडियाखानामा दशौं हजार आगन्तुक आए, जसमध्ये आधा विदेशबाट आएका थिए,” यासुनागाले भने अन्य बाँदरहरूले बच्चालाई धपाउँदा पन्च तुरुन्तै ओरङउटानको खेलौनातिर दौडिन्थ्यो र सान्त्वनाका लागि त्यसलाई अँगालो मार्दथ्यो। प्रशंसकहरूले त्यसको भिडियो खिचेर पन्च भाग र त्यस (ओरङउटानको खेलौना) लाई समाऊ भन्दै गरेका भिडियो सामग्री सामाजिक सञ्जालमा ट्यागसहित हाली उसलाई प्रोत्साहन दिए । ओरङउटानको खेलौना उसको आमाको स्थानमा आएको साहारा थियो र खेल्ने साथी पनि ।

“केवल खेलौनासहितको पन्चको प्यारोपन मात्र होइन, अरूहरूबाट बिस्तारै स्वीकृत हुनका लागि उसको एक्लो सङ्घर्षले पनि मानिसहरूको मन छोयो,” प्रशंसकहरू भन्छन् । कोबेकी बासिन्दा कुमी इशिजावाले जन्मदिन प्रदर्शनीमा आएर भने, “उहाँले यस वर्षको सुरुमा सामाजिक सञ्जालमा पन्चलाई भेट्नुभयो । त्यसपछि आफ्नो रोग निको भएपछि उसलाई भेट्न आउने अठोट गर्नुभएको थियो ।”

“उसले मेरो दिललाई छोयो । म आफँैसँग भन्ने गर्थेँ, म निको हुनेछु र पन्चलाई भेट्न आउनेछु,” इशिजावाले भने । उनी अहिले निको भइसक्नुभएको छ र व्यावसायिक यात्रा सकेर चिडियाखाना आउनुभएको छ । “आज म यहाँ आएको छु, म सफल भएँ। उसलाई प्रत्यक्ष भेट्न पाउँदा म धेरै खुसी छु ।”

सहरकी लामो समयकी बासिन्दा येये लाइट्स कहिल्यै चिडियाखाना गएकी थिइन् थिएन । तर पन्चको कथा सुन्नेबित्तिकै अहिले चिडिया खानाको वार्षिक आगन्तुक पास लिएकी छन् । फिलिपिन्समा रहेकी उनकी छोरीले बाँदरको बारेमा बताएपछि उनी पन्चप्रति आकर्षितभएकी थिइन् । “मसँग ‘पन्च कुन’ का लागि केक छ, म पन्च र उसका साथीहरूसँग उसको जन्मदिन मनाउँदै छु,” जापानी भाषामा केटाहरूका लागि मायालु सम्मानसूचक शब्द प्रयोग गर्दै लाइट्सले भने । उनले बाँदरका दुई हेरचाहकर्ताहरूलाई राम्रो हेरचाह गरेकोमा धन्यवाद पनि दिइन् ।

(रासस/एएफपी)

वि.सं.२०८३ साउन १० आइतवार ०७:५३ मा प्रकाशित

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...