back
CTIZAN AD

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

वि.सं.२०८३ साउन १० आइतवार

192 

shares

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले रु २५ हजार जरिवाना गरेको हो ।

टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताए ।

प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो । यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो । तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको छ । सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सातवटा होटलको पनि अनुगमन गरेको थियो ।

वि.सं.२०८३ साउन १० आइतवार ०७:०८ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...