पाल्पा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका(१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका(१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८३ साउन २५ सोमवार १२:५० मा प्रकाशित






























