back
CTIZAN AD

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

वि.सं.२०८३ साउन ६ बुधवार

63 

shares
क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४ प्रतिशत मलेसियाली उपभोक्ताले किनमेल प्रक्रियामा सहयोग लिन कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रयोग गर्ने गरेका छन् ।
‘एडयेन इन्डेक्स २०२६ मलेसिया रिटेल रिपोर्ट’का अनुसार, उपभोक्ताले उत्पादन खोज्न, विकल्प तुलना गर्न र किनमेलसम्बन्धी सुझाव लिन एआइको प्रयोग बढाउँदै लगे पनि ५२ प्रतिशतले एआईमार्फत आफ्नो तर्फबाट खरिद प्रक्रिया पूरा गर्न भने सहज महसुस नगरेको बताएका छन् ।
एडयेन मलेसियाका कन्ट्री म्यानेजर ली सुन यिनले एआइ आधारित किनमेलको विस्तारमा ‘विश्वास’ अझै प्रमुख चुनौती रहेको बताए ।
“उपभोक्ताले उत्पादन खोजी, तुलना र सुझावका लागि एआइ प्रयोग गरिरहेका छन्, तर एआइमार्फत हुने कारोबारलाई व्यापक रूपमा स्वीकार गर्न विश्वासको पक्ष अझै महत्वपूर्ण छ,” उनले भने ।
ली सुनका अनुसार उपभोक्ताको प्रमुख चासो व्यक्तिगत तथ्याङ्कको सुरक्षा मात्र नभई उत्पादनको गुणस्तर, ग्राहक सेवा र बिक्रीपछिको सेवासँग पनि सम्बन्धित छ ।
सर्वेक्षणले भुक्तानी सुरक्षाले पनि उपभोक्ताको विश्वासमा महत्वपूर्ण प्रभाव पार्ने देखाएको छ । करिब ५९ प्रतिशत उपभोक्ताले भुक्तानीसम्बन्धी त्रुटिले कुनै ब्रान्डप्रतिको उनीहरूको धारणा नकारात्मक बनाउन सक्ने बताएका छन् ।
त्यस्तै, २६ प्रतिशत उत्तरदाताले भुक्तानीमा समस्या आएपछि खरिद प्रक्रिया रद्द गर्ने तथा सम्बन्धित बिक्रेताकहाँ पुनः नजाने बताएका छन् ।
एडयेनले सार्वजनिक गरेको उक्त प्रतिवेदनले एआइको बढ्दो प्रयोगसँगै डिजिटल किनमेलमा उपभोक्ताको विश्वास र सुरक्षा सुनिश्चित गर्नु व्यवसायका लागि मुख्य चुनौती बनेको देखाएको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२७ मा प्रकाशित

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...