back
CTIZAN AD

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

वि.सं.२०८३ साउन ४ सोमवार

243 

shares

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत राष्ट्रिय स्वास्थ्य योजना सार्वजनिक गर्दै सन् २०३० सम्म देशको औसत आयु ८० वर्ष पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। हाल चीनमा औसत आयु ७९.२५ वर्ष रहेको छ।

राज्य परिषद्ले जारी गरेको योजनाले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै ‘स्वस्थ चीन’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ। साथै सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने, रोग रोकथामलाई प्राथमिकता दिने र स्वास्थ्य सेवाको गुणस्तरलाई उच्च आय भएका मुलुकहरूको स्तरमा पुर्‍याउने रणनीति समेटिएको छ।

रोग रोकथाम र स्वास्थ्य व्यवस्थापनमा जोड

योजनाले सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्ने क्षमता बढाउने, प्राथमिक तहबाटै रोगको रोकथाम र उपचार प्रभावकारी बनाउने तथा सम्पूर्ण जीवनचक्रलाई समेट्ने स्वास्थ्य सेवा प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।  चीनले १५ वर्षभन्दा माथिका नागरिकमा धूम्रपान गर्ने दर २० प्रतिशतमा झार्ने लक्ष्यसहित धूम्रपानमुक्त वातावरण निर्माण र धूम्रपान छोड्ने सेवाको विस्तार गर्ने जनाएको छ।

महिला र बाल स्वास्थ्यमा विशेष प्राथमिकता

योजनाअनुसार जन्मदर बढाउन सहयोग पुग्ने गरी सन्तान प्राप्तिसम्बन्धी नीतिमा सुधार गरिनेछ। बाँझोपनको परीक्षण तथा उपचारलाई व्यवस्थित गरिनेछ भने सहायक प्रजनन प्रविधिको प्रयोगलाई थप सहज बनाइनेछ।  महिलाको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को प्रारम्भिक परीक्षण र उपचारलाई विस्तार गरिनेछ। साथै योग्य किशोरीहरूलाई एचपीभी (HPV) विरुद्धको खोप राष्ट्रिय कार्यक्रममार्फत निःशुल्क उपलब्ध गराइने व्यवस्था पूर्ण रूपमा लागू गरिने पनि छ।

ज्येष्ठ नागरिकका लागि थप सेवा

बढ्दो वृद्ध जनसंख्यालाई ध्यानमा राख्दै जेरियाट्रिक (वृद्ध) चिकित्सा सेवाको विस्तार, समुदायमा आधारित घरमै वृद्ध हेरचाह सेवा, डिमेन्सिया र अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य सेवा प्रणाली विकास गर्ने योजना अघि सारिएको छ।

डिजिटल स्वास्थ्य र कृत्रिम बुद्धिमत्तामा जोड

आगामी पाँच वर्षमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) लाई स्वास्थ्य क्षेत्रको मुख्य आधार बनाइने भएको छ। यसका लागि राष्ट्रिय स्मार्ट स्वास्थ्य सेवा प्लेटफर्म निर्माण गरी देशभरका अस्पतालबीच मेडिकल रेकर्ड, मेडिकल इमेजिङ तथा परीक्षण नतिजा साझा गर्न सकिने व्यवस्था गरिनेछ।  योजनाले औषधि उद्योग, चिकित्सा उपकरण विकास तथा रोग निदानमा एआईको प्रयोग विस्तार गर्ने लक्ष्य पनि राखेको छ।

सन् २०३० सम्म प्रति १० हजार जनसंख्यामा ०.७ जना पुनर्स्थापना चिकित्सक र १।६ जना पुनर्स्थापना विशेषज्ञ उपलब्ध गराउने लक्ष्यसहित आवश्यक स्वास्थ्य जनशक्ति उत्पादनमा लगानी बढाइने याेजना छ।

अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्य विस्तार

चीनले अग्रणी अस्पतालहरूमा अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग केन्द्र स्थापना गरी क्लिनिकल अनुसन्धान, आधुनिक चिकित्सा प्रविधि र स्वास्थ्य सेवामा विश्वव्यापी सहकार्य बढाउने जनाएको छ।

साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI)  अन्तर्गत स्वास्थ्य सहकार्य विस्तार, सार्वजनिक स्वास्थ्य, परम्परागत चिनियाँ चिकित्सा (Traditional Chinese Medicine) तथा विदेशी चिकित्सा सहयोगलाई अझ सुदृढ बनाइने उल्लेख गरिएको छ।

चीनले यो योजनामार्फत रोगको उपचारभन्दा रोगको रोकथाम, डिजिटल स्वास्थ्य सेवा, कृत्रिम बुद्धिमत्ता, ज्येष्ठ नागरिकको हेरचाह र अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यलाई आगामी पाँच वर्षको स्वास्थ्य नीतिको प्रमुख आधार बनाएको जनाएको छ।

वि.सं.२०८३ साउन ४ सोमवार ११:३८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...