back
CTIZAN AD

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

वि.सं.२०८३ साउन २७ बुधवार

shares

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि रु पाँच लाख ६९ हजार अनुदान उपलब्ध गराएको हो । कार्यालय प्रमुख परशुराम अधिकारीले उक्त वर्षमा अनुदानका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको थियो ।

अनुदान कार्यक्रममार्फत छ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तलाको बगैँचा विस्तार हुने भएको छ । उक्त कार्यक्रमबाट सात वटा सहकारी तथा समूहमा आबद्ध एक सय २९ जना कृषक लाभान्वित भएको अधिकारीले जानकारी दिए ।

नयाँ बगैँचामा लगाइएका सुन्तलाका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछिबाट वार्षिक करिब दुई सय मेट्रिक टन फलफूल उत्पादन हुने अनुमान गरिएको छ । नयाँ बगैँचा विस्तारसँगै जिल्लामा सुन्तलाको उत्पादन क्षेत्र बढ्ने र कृषकको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै कार्यालयले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि ५० हेक्टर क्षेत्रफलमा रु ३० लाख बजेट विनियोजन गरिएकामा रु २८ लाख ९९ हजार खर्च भएको छ ।

बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा यसअघि नै स्थापना गरिएका एक हजार सात सय ७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको अधिकारीले बताए ।

वि.सं.२०८३ साउन २७ बुधवार १६:३१ मा प्रकाशित

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...