back
CTIZAN AD

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

वि.सं.२०८३ साउन २७ बुधवार

shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ। भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण तथा सरकारी सेवा प्रवाहमा सुशासन कायम गर्ने उद्देश्यले स्थापित केन्द्रले २५औँ वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार केन्द्रमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये ७२ प्रतिशत फर्छ्योट भएका छन्।

केन्द्रले नयाँ प्रविधिको प्रयोगमार्फत सरकारी सेवा प्रवाहमा सुधार ल्याउने प्रयासस्वरूप सचेतनामूलक स्टिकर सार्वजनिक गर्नुका साथै सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्यूआर कोडसमेत सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै, केन्द्रले देशभरका १ हजार ५ सय ७७ सरकारी कार्यालयमा छड्के तथा अनुगमन गरेको थियो। अनुगमनका क्रममा समय पालना नगर्ने तथा तोकिएको पोशाक नलगाउने ११ हजार १ सय १ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा दैनिक रूपमा आचारसंहिता पालना, फाइल ट्रयाकिङ, सरकारी सवारीसाधनको प्रयोगको नियमन तथा बिचौलिया नियन्त्रणलगायतका विषयमा समेत निगरानी गर्दै आएको जनाएको छ। केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लङ्घन वा संकास्पद सम्पत्तिसम्बन्धी सूचना भए केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ।

वि.सं.२०८३ साउन २७ बुधवार २२:१३ मा प्रकाशित

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...