back
CTIZAN AD

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

वि.सं.२०८३ साउन ४ सोमवार

180 

shares

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति दिन तथा एआई क्षमता अभिवृद्धि गर्न चीनले आगामी पाँच वर्षका लागि विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ। राष्ट्रपति सी जिनपिङले  चीनले आगामी पाँच वर्षमा विकासशील देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) तालिम र सेमिनारका लागि ५,००० अवसरहरू प्रदान गर्ने घोषणा गरेका हुन्। 

यस कार्यक्रममार्फत एआई सम्बन्धी ज्ञान, सीप र प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, चीनले आसियान, अरब लिग, अफ्रिकी संघ , ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रहरूको समुदाय , सांघाई सहयोग संगठन  र ब्रिक्ससँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय एआई अनुप्रयोग सहयोग केन्द्रहरू स्थापना गर्ने योजना अघि सारेको छ। यी केन्द्रमार्फत विभिन्न क्षेत्रमा एआई प्रविधिको प्रयोग र अनुसन्धानलाई प्रवर्द्धन गरिने जनाइएको छ।

योजनाको अर्को महत्वपूर्ण पक्षका रूपमा चीनले आफ्नो एआई–सञ्चालित मौसम पूर्वचेतावनी प्रणाली ‘माजु’ लाई ३० देशमा उपलब्ध गराउने घोषणा गरेको छ। यस प्रणालीले प्राकृतिक प्रकोपको पूर्वानुमान र समयमै चेतावनी प्रदान गरी विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

चीनले यी कार्यक्रममार्फत विश्वव्यापी एआई सहकार्यलाई सुदृढ बनाउँदै विशेषगरी विकासशील राष्ट्रहरूको प्रविधि क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन ४ सोमवार १०:४९ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...